Featured Posts

[Travel][feat1]
PropellerAds

सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला

January 25, 2019

सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला




क-कसले फारम भर्न पाउँछन्?
  • कम्तीमा एस.एल.सी पास गरेका वा सो बराबर शैक्षिक योग्यता भएका नेपाली नागरिकहरूले पाउँछन् 
के कस्तो तालिम लिन पाइन्छ?
  • बेसिक फुड प्रिपेरेशन (बेकरी)
  • फुड एण्ड बेभरेज सर्भिस (वेटर)
तालिम कति समयको हुनेछ?
  • दुवै तालिमहरू ३ महिनाको हुनेछन्।
  • बसोबासको व्यवस्था के हुने भन्ने कुरा सूचनामा खुलाइएको छैन। तपाईँले आवेदन दिनुभन्दा पहिला सोध्न नभुल्नुहोला।  
फारम भर्ने अन्तिम मिति कहिले हो?
  • यही मिति २०७५/१०/१५ गते भित्रमा फारम बुझाइसक्नु पर्नेछ
तालिम कहिलेबाट सुरु हुन्छ?
  • माघ महिनाको चौथो हप्ताबाट सुरु हुनेछ
के के कागजात चाहिन्छ?
  • स्पष्ट रूपमा भरिएको फारम 
  • २ वटा हालसालै खिचेको पासपोर्ट साइजको फोटो 
  • नागरिकताको फोटोकपी 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी 
  • प्रतिष्ठानको लेखाशाखामा फारम दरखास्त दस्तुर रु. ५००/- तिरेको रसिद 
कहाँ सम्पर्क गर्ने?
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान: ०१-४२७०६०५, ०१-४२७१०२८ 
व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान: ०१-५५९०८०० 
इमेल: www.nathm.edu.np  
नोट: तालिममा विपन्न, आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पछाडि परेका क्षेत्रहरुक उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। तालिममा प्रयोगगात्मक कक्षाको लागि चाहिने लुगा र नाइफ सेटको व्यवस्था प्रशिक्षार्थी आफैले गर्नुपर्नेछ।
सूचना जस्ताको त्यस्तै:


सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला Reviewed by Unknown on January 25, 2019 Rating: 5

करिब २ लाख रुपैयाँ तलब दिने गरि आज बाट खुल्यो जापानमा ठुलो संख्यामा नेपालीकालागि रोजगार, यस्ता कामदार जापान सजिलैजान पाउने !

December 25, 2018

करिब २ लाख रुपैयाँ तलब दिने गरि आज बाट खुल्यो जापानमा ठुलो संख्यामा नेपालीकालागि रोजगार, यस्ता कामदार जापान सजिलैजान पाउने !


काठमाडौं– नेपालीसहित विदेशी कामदारका लागि जापानमा रोजगारको ढोका खुलेको छ। जापान सरकारले मंगलवारदेखि लागु गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला भएको हो। नयाँ नीतिअनुसार नेपाल पनि जापानकाे उच्च प्राथमिकतामा परेकाे छ। जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति ल्याएकाे छ।

मंगलवारबाट लागु भएको नीतिले हाल जापानमा रहेका विदेशी कामदार समेत लाभाम्वित हुने बताइएको छ। यो नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुनेछन्। जसअन्तर्गत उक्त केन्द्रहरुले विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्नेछ।
११ वटा भाषामा नेपाली भाषा समेत समावेश गरिएको छ। अन्य भाषामा जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन र फिलिपिनी (ट्यागलोग) रहेका छन्।
विदेशी कामदारलाई जापानी भाषासँग अभ्यस्त गराउन जापान सरकारले तालिम प्राप्त भाषा शिक्षकबाट भाषा कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
कतिलाई खुल्ने छ रोजगार ?  जापानले ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापान सरकारले १८ वर्ष पुगेका नेपाल सहित ९ देशका कामदारहरुलाई जापान लैजाने तयारी गरेको हो ।
रोजारका लागि जाने श्रमिकको न्यूनतम तलब करिब २ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । जापानले नयाा भिजा श्रेणी अन्तर्गत नर्सिङ केयर, रेस्टुरेन्ट,  जेष्ठ नागरिक स्याहार–सुसार, कृषि, निर्माण सहित १४ वटा  क्षेत्रमा विदेशी कामदार लैजाने तयारी गरेको हो ।
विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालय मार्फत बारम्बार छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।
तर नेपाली अधिकारीहरूले सरकार-सरकारबीच सम्झौता गर्नुपर्ने अर्थात ‘जी टु जी’ सम्झौता गर्न खोज्दा कुरा नमिलेको बताइएको छ।
त्यसैले अब हुने छलफलमा पनि सरकारले अप्ठ्यारा प्रस्ताव अघि सारेमा जापान जस्तो आकर्षक वैदेशिक रोजगारीको गन्तव्य गुम्न सक्ने चिन्तामा वैदेशिक रोजगार ब्यवसायीहरू देखिन
करिब २ लाख रुपैयाँ तलब दिने गरि आज बाट खुल्यो जापानमा ठुलो संख्यामा नेपालीकालागि रोजगार, यस्ता कामदार जापान सजिलैजान पाउने ! करिब २ लाख रुपैयाँ तलब दिने गरि आज बाट खुल्यो जापानमा ठुलो संख्यामा नेपालीकालागि रोजगार, यस्ता कामदार जापान सजिलैजान पाउने ! Reviewed by Unknown on December 25, 2018 Rating: 5

नया युगको सुरुवात भन्दै राज्यको करोडौ रकम खर्च गरेर पोल पोलमा केपी ओलीको तस्बिर

November 27, 2018

नया युगको सुरुवात भन्दै राज्यको करोडौ रकम खर्च गरेर पोल पोलमा केपी ओलीको तस्बिर

नया युगको सुरुवात भन्दै राज्यको करोडौ रकम खर्च गरेर पोल पोलमा केपी ओलीको तस्बिर नया युगको सुरुवात भन्दै राज्यको करोडौ रकम खर्च गरेर पोल पोलमा केपी ओलीको तस्बिर Reviewed by Unknown on November 27, 2018 Rating: 5

बन्दुकले हानेर रुकुममा श्रीमती र छोराको हत्या

November 18, 2018

बन्दुकले हानेर रुकुममा श्रीमती र छोराको हत्या






२ मंसिर, काठमाडौं । पश्चिम रूकुमको त्रिवेणि गाउँपालिका-१ बल्लेजुरामा एकजनाले श्रीमती र छोराको हत्या गरेका छन् ।
४९ वर्षीय सत्तबहादुर बुढाले आइतबार विहान साढे ७ बजेको समयमा भरुवा बन्दुक र धारिलो हतियार प्रहार गरी ४२ वर्षीय श्रीमती इन्द्रकला र ११ वर्षीय छोरा स्वयमप्रकाशको हत्या गरेका हुन् ।
हत्यामा संलग्न सत्तबहादुरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सत्तबहाुरले नै हत्या गरेको पुष्टि भएपनि घटना किन भयो भन्ने बारे थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।
बन्दुकले हानेर रुकुममा श्रीमती र छोराको हत्या बन्दुकले हानेर रुकुममा श्रीमती र छोराको हत्या Reviewed by Unknown on November 18, 2018 Rating: 5

पशुपति क्षेत्रभित्र जेष्ठ र अशक्तलाई ट्याम्पोमा निःशुल्क

September 30, 2018

पशुपति क्षेत्रभित्र जेष्ठ र अशक्तलाई ट्याम्पोमा निःशुल्क



१४ असोज, काठमाडौं । पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो सञ्चालनमा ल्याइएको छ ।
वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैत्री सफा ट्याम्पो सञ्चालनमा ल्याइएको हो ।
लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको ट्याम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आइतबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।
अशक्त तथा वृद्धहरुका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरणमैंत्री सफा ट्याम्पो पशुपति क्षेत्रमा संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमिद भट्टराईले जानकारी दिए ।
सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हुँदै आएको थियो । सोही अवस्थालाई ध्यानमा राखेर निःशुल्क २ वटा सफा ट्याम्पो संचालनमा ल्याइएको हो ।
६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
यसैबीच, पशुपति क्षेत्र विकास कोषले आइतबारबाटै लकर सेवा पनि संचालन गरेको छ । माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक सहायतामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनहरुको मूल्यवान सामान राख्न पाउने गरी लकरको व्यवस्था गरिएको हो ।
बैंकमा अध्यक्ष रोशन केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई हस्तान्तरण गरेका सो लकरमा भक्तजनहरुले आफ्नो सामानहरु राख्न पाउनेछन् ।
मन्त्री अधिकारीले पशुपति क्षेत्रको सर्वाङगिन विकासका लागि सहयोग उपलब्ध गराएको भन्दै बैंकलाई धन्यवाद दिए । उक्त अवसरमा उनले पशुपति क्षेत्र गुरु योजनालाई ४ महिना भित्र तयार पारी यसको समग्र क्षेत्रको विकासको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री अधिकारीले हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिलाई आकर्षक बनाउने कामलाई सरकारले तीव्रता दिने योजना पनि अघि सारे । यसअघि पशुपति क्षेत्र भित्र भारत सरकारको सहयोगमा धर्मशाला पनि स्थापना गरिएको थियो ।
source:https://www.onlinekhabar.com/2018/09/710272

पशुपति क्षेत्रभित्र जेष्ठ र अशक्तलाई ट्याम्पोमा निःशुल्क पशुपति क्षेत्रभित्र जेष्ठ र अशक्तलाई ट्याम्पोमा निःशुल्क Reviewed by Unknown on September 30, 2018 Rating: 5

तीन सय रुपैयाँमै सकियो बिहे, टिशर्ट र चप्पलमा देखिए दुलाहा ! (भिडियोसहित)

September 03, 2018
तीन सय रुपैयाँमै सकियो बिहे, टिशर्ट र चप्पलमा देखिए दुलाहा ! (भिडियोसहित)



काठमाडौँ, १८ भदौ । अहिलेको समयमा तीन सय रुपैयाँमा विहे सम्पन्न भएको कुरा सुन्दा तपाईलाई विश्वास लाग्छ ? तर, भएको छ यस्तै ।
शिक्षा अभियन्ता उत्तम सञ्जेलले तीन सय रुपैयाँमा आफ्नो विहे सकाएका छन् । ४१ वर्षका सञ्जेलले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् ।

बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता–सुरुवालमा घुम्टो ओढेकी थिइन् । बिहेमा करिब १ दर्जन व्यक्तिहरु उपस्थित थिए ।

दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित थिएनन् । परिवारका सदस्यहरु निम्त्याउँदा ‘उपहार लेनदेन’ को कुरा आउन सक्ने भएकाले नबोलाएको सञ्जेलले बताएका छन् ।

सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएका थिए । त्यसपछि उनले २ मिनेट बोलेपछि बिहे सम्पन्न भएको थियो । बेहुली कला भने लजाएर बोल्न मानिनन् ।
Youtube-Gajureal comedy

करिब ५ मिनेटमा बिहे सकिएको त्यहाँ उपस्थित कलाकार मनोज गजुरेलले बताएका छन् । बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन उनीहरुकै थियो ।

२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे सकियो बताइएको छ । उत्तम र कलाको ४ महिना अगाडि मात्रै चिनजान भएको हो ।

उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् ।


::दैनिक नेपाल२०७५ भदौ १८ गते 
तीन सय रुपैयाँमै सकियो बिहे, टिशर्ट र चप्पलमा देखिए दुलाहा ! (भिडियोसहित) तीन सय रुपैयाँमै सकियो बिहे, टिशर्ट र चप्पलमा देखिए दुलाहा ! (भिडियोसहित) Reviewed by Unknown on September 03, 2018 Rating: 5

स्वास्थ्यमा एकैपटक १५ सय बढी कर्मचारीको सरुवा हुँदै

September 02, 2018
स्वास्थ्यमा एकैपटक १५ सय बढी कर्मचारीको सरुवा हुँदै स्वास्थ्यमा एकैपटक १५ सय बढी कर्मचारीको सरुवा हुँदै Reviewed by Unknown on September 02, 2018 Rating: 5
ads 728x90 B
Powered by Blogger.