करिब २ लाख रुपैयाँ तलब दिने गरि आज बाट खुल्यो जापानमा ठुलो संख्यामा नेपालीकालागि रोजगार, यस्ता कामदार जापान सजिलैजान पाउने !
करिब २ लाख रुपैयाँ तलब दिने गरि आज बाट खुल्यो जापानमा ठुलो संख्यामा नेपालीकालागि रोजगार, यस्ता कामदार जापान सजिलैजान पाउने !
काठमाडौं– नेपालीसहित विदेशी कामदारका लागि जापानमा रोजगारको ढोका खुलेको छ। जापान सरकारले मंगलवारदेखि लागु गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला भएको हो। नयाँ नीतिअनुसार नेपाल पनि जापानकाे उच्च प्राथमिकतामा परेकाे छ। जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति ल्याएकाे छ।
मंगलवारबाट लागु भएको नीतिले हाल जापानमा रहेका विदेशी कामदार समेत लाभाम्वित हुने बताइएको छ। यो नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुनेछन्। जसअन्तर्गत उक्त केन्द्रहरुले विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्नेछ।
११ वटा भाषामा नेपाली भाषा समेत समावेश गरिएको छ। अन्य भाषामा जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन र फिलिपिनी (ट्यागलोग) रहेका छन्।
विदेशी कामदारलाई जापानी भाषासँग अभ्यस्त गराउन जापान सरकारले तालिम प्राप्त भाषा शिक्षकबाट भाषा कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
कतिलाई खुल्ने छ रोजगार ? जापानले ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापान सरकारले १८ वर्ष पुगेका नेपाल सहित ९ देशका कामदारहरुलाई जापान लैजाने तयारी गरेको हो ।
रोजारका लागि जाने श्रमिकको न्यूनतम तलब करिब २ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । जापानले नयाा भिजा श्रेणी अन्तर्गत नर्सिङ केयर, रेस्टुरेन्ट, जेष्ठ नागरिक स्याहार–सुसार, कृषि, निर्माण सहित १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने तयारी गरेको हो ।
विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालय मार्फत बारम्बार छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।
तर नेपाली अधिकारीहरूले सरकार-सरकारबीच सम्झौता गर्नुपर्ने अर्थात ‘जी टु जी’ सम्झौता गर्न खोज्दा कुरा नमिलेको बताइएको छ।
त्यसैले अब हुने छलफलमा पनि सरकारले अप्ठ्यारा प्रस्ताव अघि सारेमा जापान जस्तो आकर्षक वैदेशिक रोजगारीको गन्तव्य गुम्न सक्ने चिन्तामा वैदेशिक रोजगार ब्यवसायीहरू देखिन
करिब २ लाख रुपैयाँ तलब दिने गरि आज बाट खुल्यो जापानमा ठुलो संख्यामा नेपालीकालागि रोजगार, यस्ता कामदार जापान सजिलैजान पाउने !
Reviewed by Unknown
on
December 25, 2018
Rating:
Reviewed by Unknown
on
December 25, 2018
Rating:

No comments: